Breaking News

चैत्र नवरात्रि शुरू सीमा क्षेत्र नेपालगंज में लगी भक्तों की भीड़

चैत्र शुक्ल प्रतिपदा अर्थात् चैत २३ गते आजदेखि चैत्र नवरात्र शुरु भएको छ । चैते दशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात् बडादशैँ जति भव्यरुपमा नमनाइए पनि चैतेदशैँमा देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्छ । वैदिक सनातन धर्मावलम्बीले घरघरमा शक्तिको उपासना स्वरुप देवीको पूजाआजा गर्नुका साथै देवीभागवत, दुर्गा सप्तशती चण्डी, देवी स्तोत्रलगायत देवीको महिमा गाइएको ग्रन्थ पाठ गरिन्छ । चैत्र शुक्ल अष्टमी र नवमीलाई भने देशभर विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीलाई चैतेदशैँ र नवमीलाई रामनवमी पर्वका रुपमा मनाउने गरिएको हो । यस वर्ष चैत ३० गते अष्टमी र वैशाख १ गते नव वर्षका दिन रामनवमी पर्व परेको छ । वर्षमा चार नवरात्र पर्छन् ।

चैत, असार, आश्विन र पुस महीनाको शुक्ल पक्षमा नवरात्र पर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा.रामचन्द्र गौतमले बताउनुभयो । चार नवरात्रमध्ये चैत्र र आश्विनका नवरात्रलाई विशेष रुपमा मनाउने गरिएको छ । आषाढ र पौषका दुई नवरात्रमा भने साधना मात्र गरिन्छ । यी दुई नवरात्रलाई सुषुप्त दशैँ भन्ने गरिएको उहाँले बताउनुभयो । चैत्र नवरात्र शुरु भएको अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ । यस्तै नेपालगंज स्थित रहेकोब बागेश्वरी मन्दिरमा भक्तजनहरुको भिड लागेको आज बिहान चार बजे बाट नै नेपालगंज आस पास क्षेत्र नेपालीहरु बिहान बाट बागेश्वरी मन्दिर प्रगणमा पुग्ने गर्छन । देश भरीका बिभिन्न शक्तिपिठ मध्ये एक महत्पुर्ण स्थान रहेको नेपालगंजको बागेश्वारी मन्दिर श्रद्धालुहरुको ठुलो भिड हुने गर्छ ।

Related Articles

Back to top button